प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको

189

साउन ३,
संविधानले प्रत्यायोजन गरेको स्वायत्त अधिकारअनुरुप प्रदेश सरकारहरुले आर्थिक बर्ष २०७५र७६ का लागि सवारीसाधन करमा भारी बृद्धि गरेका छन् ।प्रदेश सरकारहरुले सवारी साधनलाई राजस्वको मुख्य स्रोतका रुपमा लिएको देखिन्छ । आव २०७४\७५ सम्म देशभरका सबै नागरिकले एकै दरमा कर तिर्दै आएका थिए । साउन १ देखि सुरु भएको आव २०७५\७६ बाट हरेक प्रदेशका नागरिकले एकै प्रकृतिको सवारीसाधन प्रयोग गरेबापत भिन्दाभिन्दै दरमा वार्षिक कर तिर्नुपर्ने भएको छ ।