पश्चिम सेतीमा सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने

118

साउन ३,
काठमाडौं । चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए । तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको छ ।पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी सीटीजीआई० को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमृन्ट कर्पोरेसनले चासो दिँदै आएको छ । बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘पश्चिम सेतीमा लगानी गर्न सीडब्लु इन्भेस्टमेन्ट कर्पोरेसनलाई आग्रह गर्ने बोर्डको बैठकले निर्णय गरेको छ’, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भने, ‘यही निर्णयअनुसार चिनियाँ कम्पनीलाई चाँडै पत्रचार गर्नेछौँ ।’