सल्लेबाट मुसिकोट बजारतर्फ आउँदै गरेको बस दुर्घटना

326

असार २९,
रुकुम । रुकुम पश्चिमको सल्लेबाट मुसिकोट बजारतर्फ आउँदै गरेको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा मुसिकोट नगरपालिका(१ की २५ वर्षीया सपना मल्ल भण्डारी रहेकी छन्। १६ जना घाइतेमध्ये आठजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते मुसिकोट नगरपालिका १ की ८ वर्षीया बालिका नविना थापालाई नेपालगंज रेफर गरिएको छ भने अन्य घाइतेहरूलाई जिल्ला अस्पताल रुकुममा उपचार गरिँदै छ। दुर्घटनाबारे अनुसधान भइरहेको प्रहरीले बताएको छ।