Thursday, October 22, 2026
Home राजनीति जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने

जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने

171

असार २९,
दाङ । प्रदेश(५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले सबै क्षेत्रका जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने बताएका छन्। शुक्रबार दाङले घोराहीमा आयोजना गरेको विशेष पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले राजधानीको विषयमा कोही पनि विभाजित हुन आवश्यक नभएको बताए। ‘हामीले निकट भविष्यमा नै प्रदेश(५ को स्थायी राजधानी तोक्छौँ, सबैलाई पायक पर्ने ठाउँमा राजधानी हुन्छ’, उनले भने। राजधानीलाई सबैले अपनत्व गर्ने गरी साझा बनाउनु पर्ने केसीको तर्क छ। कतै पाँच वर्षसम्म राजधानी नतोकेर अलमल त पार्नुहुँदैन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘हामी यसरी अलमल गर्ने पक्षमा छैनौँ, अब चाँडै तपाईंहरूले सुखद् समाचार सुन्न सक्नुहुने छ।’ राजधानी सबैलाई पायक पर्ने र प्रशासनीक क्षेत्रका हिसावले सहज पँहुच हुने गरी निर्धारण गरिने मन्त्री केसीले बताए। अहिले प्रदेश सभासद्हरुले राजधानीका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेको उनले जिकिर गरे। मन्त्री केसीले प्रदेश ५ ले समानुपातिक विकासको नीति अवलम्वन गरेको बताए। ‘हामी विकास र बजेटलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ भन्ने नीति अवलम्वन गरेका छौं,’ उनले भने, ‘कतै धेरै बजेट पर्ने र कतै कत्ति पनि बजेट नपर्ने हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो।’ प्रदेश पाँचका सबै स्थानीय तहहरूमा नमुना कृषि कार्यक्रम सञ्चालन हुने उनले बताए। ‘कृषि उत्पादनलाई बढाएर आत्मनिर्भर बन्ने प्रदेश सरकारको लक्ष्य रहेको छ,’ मन्त्रीले भने, ‘सबै स्थानीय तहहरूले आफ्नो छुट्टै उत्पादनको पहिचान बनाउनु पर्ने छ।ु