गगन थापाको सरकारलाई प्रश्न– पूर्वराष्ट्रपतिको उपचार खर्च के आधारमा व्यहोरियो ?

84

असोज १२,
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि रकम दिने सरकारी निर्णयबारे गम्भीर प्रश्न खडा गरेका छन् । नेता थापाले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफूहरुले एक वर्ष अगाडि पारित गरेको कानूनले कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिन नमिल्ने बताएका छन् । उनले कानून पूर्व राष्ट्रपति वा प्रधानमन्त्रीलाई पनि लागू हुने भन्दै सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो भनी प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘हामीले एक वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन। पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ । तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’

हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ-'कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले…

Publiée par Gagan Thapa sur Samedi 28 septembre 2019