‘बाबु कान्छा’ देश दौडाहमा

144

असार २३,
काठमाडौं । फिल्म ‘बाबु कान्छा’ को यती बेला धमाधम प्रचार प्रसार भईरहेको छ । असार २९ गते प्रदर्शनमा आउने लागेको फिल्म ‘बाबु कान्छा’ टिम प्रचार प्रसारको लागि चितवन पुगेको छ ।
यसै क्रममा शुक्रबारै फिल्म बारे जानकारी गराउने उद्देश्यले चितवनको नारायणगढमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थि रहेको थियो । पत्रकार सम्मेलनमा बोल्दै नायक सलोन बस्नेतले बाबु कान्छा सपरिवार बसेर हेर्न सकिने फिल्म बनेको बताए ।