पल र वर्षाको ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक (भिडिओ सहित)

92

वैशाख १२,
काठमाडौं । चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर हेर्नुहोस् :

ट्रेलरमा पल र नाजिरको मित्रता देखाइएको छ । साथै उनीहरु वर्षाको कारण उत्पन्न भएको दुश्मनीलाई पनि चित्रण गरिएको छ । फिल्ममा बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन् । फिल्मको कथा लेखन प्रदिप भारदाजको रहेको छ । यो फिल्म जेठ ३ गते रिलिज हुँदैछ ।