Friday, September 25, 2026
Home अन्तर्राष्ट्रिय अमेरिकी राष्ट्रपतिको आलोचना

अमेरिकी राष्ट्रपतिको आलोचना

149

असार २३,
रासस/एएफपी । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।
शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठनबारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गर्नुभयो । “आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ,” उहाँले भन्नुभयो ।
जानगनेहले भन्नुभयो, “हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।”