खलंगावासी लाई कति बेला बाढी आएर पुनः विस्थापित बनाउने हो

297
फाइल तस्बिर

असार ७,
दार्चुला । वर्षायाम सुरु भएसँगै दार्चुलाको सदरमुकाम खलंगाका वासिन्दा ढुक्कसँग निदाउन पाउँदैनन्। पाँच वर्षअघि बाढीले क्षति पुर्‍याएको खलंगावासी वर्षासँगै कति बेला बाढी आएर महाकाली नदीले उग्र रूप लिएर पुनः विस्थापित बनाउने हो भन्ने पीर उनीहरुमा छ। महाकाली नदी किनारमा पक्की तटबन्ध गरिएको छ। करिब नौ मिटर अग्लो र साढे चार किलोमिटर लामो तटबन्ध निर्माण गरिएको छ। तर, महाकालीपारि भारतीय क्षेत्र खोतिलमा गएको सुख्खा पहिरो कारण खलंगावासीले सुरक्षित महसुस गर्न सकेका छैनन्। महाकाली नगरपालिका–४ का मदनसिह धामीले भन्छन्, ‘वर्षा लाग्यो, निरन्तर वर्षा भयो भने राति उठेर महाकालीतिर हेर्नै पर्छ।’ तटबन्ध निर्माण हुँदै गर्दा खोतिल क्षेत्रमा ०७३ असोज १८ मा सुख्खा पहिरो गयो। पहिरो भारतीय क्षेत्रको महाकाली किनारमा पहिरो थुप्रियो र नदीको वहाब नेपालतिर हानियो। यस्तै, असोज २८ मा पुनः सोही क्षेत्रमा ठूलो पहिरो गयो। महाकालीलाई नै झण्डै थुनियो। पहिरोका कारण नेपालतिर होचो भई नदीको पानी नेपालतिर आयो। तटबन्ध निर्माणको जिम्मेवारी पाएको महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर उक्त पहिरोले महाकालीको वहाब नेपालतिर फर्काउने र तटबन्धलाई कमजोर बनाउने निष्कर्ष निकालेका छन्।