असार ७,
मेक्सिकोले विश्वकपमा दमदार सुरुवात गर्यो। ऐतिहासिक जित निकाल्दै साविक विश्व विजेता जर्मनीलाई विश्वकपको डिलमा पुर्याउन सफल भयो। जर्मनीमाथि १–० को जित निकाल्दा मेक्सिकन समर्थकहरु खुसीले रंगशालामा नाचे र झुमे पनि । तर उनीहरुले जर्मनी समर्थक र खेलाडीप्रतिको व्यवहारप्रति फिफा आक्रामक बनेको छ। मेक्सिकन समर्थकहरुले ठूलो स्वरमा जर्मन गोलरक्षक मानुएल नुएरमाथि गाली वर्षा नै गरे। मेक्सिन समर्थक सिमा भन्दा बाहिर रहेर रंगशालामा होहल्ला र खेलाडीमाथि अपशब्द प्रयोग गरेको भन्दै फिफाले अबका खेलमा पनि त्यस्तो क्रियाकलाप दोहोर्याए जरिवाना गर्ने चेतावनी दिएको छ। फिफाले मेक्सिको फुटबल संघलाई समर्थकको गतिविधि रोक्न निर्देशन दिएको हो। निर्देशन नमाने मेक्सीको समर्थकलाई मैदान प्रवेशमा नै रोक लगाउन सक्ने तथा संघलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी फिफाले दिएको छ।