Monday, September 21, 2026
Home समाचार नेपालमा पनि जुन २१ मा योग दिवस मनाइँदैछ

नेपालमा पनि जुन २१ मा योग दिवस मनाइँदैछ

295

असार ७,
काठमाडौं । जुन २१ अर्थात अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो। सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेपछि अन्य देशहरुको समर्थनमा राष्ट्रसंघले यो दिवसलाई अन्तर्राष्ट्रिय मान्यता दिएको हो। योग दिवसका अवसरमा नेपालमा पनि विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुने विश्वास गरिन्छ। योगको उत्पत्ति नेपाली भूमिमै भएको विश्वास गरिन्छ। भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको वर्णन विभिन्न शास्त्रमा गरेको पाइन्छ। बदलिँदो जीवनशैलीका कारण उत्पन्त हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योग प्रभावकारी मानिएको छ।