नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र

125

असार ६,
काठमाडौं । नेपाली कांग्रेसका ८ युवा नेताले नेपाली कांग्रेसका जिल्ला सभापतिहरूलाई तीन पृष्ठ लामो पत्र लेखेका छन्। कांग्रेस नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरूलाई सम्बोधन गरेरपत्र लेखेका हुन्। नेताहरूले कांग्रेस राजनीति जितेर पनि चुनाव हारेको अवस्थामा भएको टिप्पणी गरेका छन्। साथै नेताहरूले निराश नबन्न पनि जिल्ला सभापतिहरूलाई आग्रह गरेका छन्। ‘राजनीति जितेको भनेरपनि नबसौं, चुनाव हारेको भनेरपनि निराश नबनौं,’ पत्रमा लेखिएको छ। उनीहरूले अव कांग्रेसलाई नयाँ गति दिएर अघि बढ्नुपर्ने बताएका छन्।