आज जापानले कोलम्वियाको सामना गर्दैछ।

166

असार ५,
विश्वकपको छैटौ दिन चलिरहँदा सशक्त मानिएका टोलीहरु स्तव्ध बन्ने क्रम छ। बलियो मानिएको इङग्ल्यान्ड समेत संर्घषपुर्ण खेलमा विजयी बन्यो। मंगलबार हुने खेलमा एसियाली मुलुक जापानले कोलम्वियाको सामना गर्दैछ। कोलम्बिया त्यही मुलुक हो जसले सन २०१४ को विश्वकपमा ग्रुप सी मा जापानलाई ४–१ ले हराउँदै बिना अंक घर फर्कन बाध्य बनाएको थियो। आजको खेल जापानको लागी हारको बदला लिँदै सुनौलो ३ अंक लिन मौका हुनेछ। १६ औ वरियताको कोलम्विया गत संस्करण विश्वकपमा क्वाटरफाइनलमा ब्राजिलसंग २–१ ले पराजित बनेको थियो जुन खेलमा ब्राजिलका स्ट्राइकर नेयमारको करङ समेत भाचिएको थियो। पाँचौ पटक विश्वकपमा सहभागी टोली अप्रत्यासित नतिजा निकाल्न माहिर मानिन्छ। दक्षिण अमेरिकाबाट चौथो बन्दै विश्वकपमा छनौट भएको कोलम्बियाले १८ खेलमा ७ जित ६ हार र ५ बराबरी गरेको थियो। मोनाकोका स्ट्राइकर राडामेल फाल्कोओको नेतृत्वको कोलम्वियासँग गत संस्करणको गोलडेन बुट बिजेता जेम्स रोडिग्वेज, टोटेनहेम हडस्परका डिफेन्डर सान्चेज डेभिनसन र बार्सिलोनाका मिना यारी जस्ता खेलाडीहरुको साथ हुनेछ। इन्जुरीका कारण गत संस्करणको विश्वकपमा सहभागी नभएका फाल्कोओ जापानविरुद्धको खेलबाट विश्वकपमा डेव्यु गर्दैछन्। गोलपोष्टको जिम्मा आर्सनलका गोलरक्षक डेभिड ओसपिनाले लिनेछन्। २०१७ अगष्ट यता खेलेको ९ वटा खेल मध्ये २ वटा खेलमा मात्र पराजित भएको छ कोलम्विया। समुराई ब्लुको नामले परिचित जापानले समेत पाँचै पटक एसियाबाट छनौट हुँदै विश्वकपको यात्रा प्रारम्भ गरेको हो। ६१ औं वरियताको उसले सन २००२ र २०१० को विश्वकपमा समुह चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। पछिल्लो ६ खेलमा जापान १ जित र १ बराबरीको नतिजा मात्र निकाल्न सफल भएको छ। साउदहयाम्पटनका डिफेन्डर माया योसिदा र केइसुकी होन्डा जापानको मुख्य हतियार हुन सक्छन्। सन २००३ यता चौथो पटक आमने–सामने हुन लागेका यी दुई टोलीको इतिहास हेर्दा २ खेल कोलम्वियाको पक्षमा छ भने १ खेल बराबरी भएको छ। जापानले कोलम्वियालाई पराजित गर्न सके अन्तिम १६ मा स्थान बनाउन सहज हुने अपेक्षाका साथ मैदान उत्रने तयारीमा छ भने गत संस्करणमा समेत समुह विजेता बनेको कोलम्बिया विजेताको रुपमा अघि बढन चाहन्छ।