चीन भ्रमणबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन आज

104

असार ४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदैछन्। सोमबार अपराह्न ४ बजे बस्ने संसद बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदलाई जानकारी गराउने छन् । ओलीको भ्रमणका वेला चीनसँग कृषि, ऊर्जा, रेललगायतक्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ। प्रधानमन्त्री ओलीले चीन भ्रमणबारेआइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका थिए । प्रधानमन्त्री ओली एक सयभन्दा बढी सदस्यको प्रतिनिधित्व गर्दै मंगलबार चीनको ६ दिने भ्रमणमा जाँदैछन्।