Friday, October 23, 2026
Home खेलकुद स्विडेनले आज दक्षिण कोरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ

स्विडेनले आज दक्षिण कोरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ

108

असार ४,
विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा रहेको यरोपियन पावरहाउस स्विडेनले आज हुन पहिलो खेलमा एसियन सहभागी दक्षिण कोरियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। एक अर्काविरुद्ध सीमित मौकामा आमुन्ने सामुन्ने भएका स्विडेन र दक्षिण कोरिया दुवैका लागि समूहको पहिलो खेल जित्नुपर्ने दबाब छ। विश्वकप फुटबलमा एसियन सहभागीको तुलना गर्दा जापानपछि बलियो टिमका रूपमा दक्षिण कोरियालाई लिने गरिन्छ। एसियन देशबाट सहभागी इरानले सनसनिपूर्ण जित निकाल्दै महत्वपूर्ण तीन अंक हासिल गरेको अवस्थामा अर्को एसियन पावरहाउसको छवि बनाएको दक्षिण कोरियाले आफ्नो देश अनुकूल हावा पानि मिल्ने भूमिकाका रूपमा परिचित रसियामा आफूलाई प्रमाणित गर्नुपर्ने चुनौती छ। यद्धपि, दक्षिण कोरियाले खेलेका पछिल्ला ६ मध्ये ४ खेलमा पराजित भएकाले स्वीडेनसँगको चुनौती कठिन हुने आँकलन गरिएको छ। तर, स्विडेनलाई रोकेमा दक्षिण कोरियाको अघिल्लो चरण सम्भावना बलियो हुनेछ। स्वीडेनले दक्षिण कोरियाविरुद्ध खेलेका तीन खेलमा अपराजित रहेकाले पनि उसले दक्षिण कोरियाविरुद्ध केही आत्माविश्वासी छ। त्यसोत विश्वकप छनोटमा पनि नेदरल्यान्ड र इटालीलाई पछि पारेकाले जर्मनीसँगै अघिल्लो चरणको दौडमा स्विडेनलाई पहिलो दाबेदारका रूपमा हेरिएको छ। त्यसपछि म्याक्सीको र अन्तिममा मात्र कोरियालाई अघिल्लोचरणको दाबेदार मानिएको छ। मेक्सीकोको दाबेदारी अघिनै अन्तिम १६ मा आफूलाई उभ्याउने हो भने स्विडेनलाई निर्विकल्प जित आवश्यक छ। त्यसो त ४ पटक विश्वकपको सेमिफाइनल अनुभव बटुलेको स्विडेन र एकपटक सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाबीचको भिडन्त रोमाञ्चक बन्ने विश्वास गरिएको छ।