पोखरामा सडको यस्तो हालतः स्थानीयले सडकमै धान रोपे

144

असार ३,
कास्की । योजना परेर पनि बर्खा चुनाव लगेर निर्माणमा ढिलाइ भएको सडकमा ठूला खाल्टा परेको भन्दै पोखरामा स्थानीयले धान रोपेर ध्यानाकर्षण गराएका छन् । कास्की जिल्लाको पोखरा महानगरपालिका ३१ मा स्थानीयले सडकमै धान रोपेर सांकेतिक विरोध जनाएका छन् । वडा नम्बर ३१ को नगरचोकदेखि बेगनासताल बाँधसम्मको सडक लामो समयदेखि नबनेको भन्दै स्थानीयले सडकका खाल्टामा धान रोपेर विरोध गरेका हुन् ।

८ सय ३० मिटर लम्बाई र १४ मिटर चौडाइ रहेको यो सडकमा विवादका कारण काम भएको छैन । बेगनास सिञ्चाई आयोजना र स्थानीयबीचको विवादले सडकका लागि छुट्टएिको रकम पनि खर्च हुन नसकेर फिर्ता भएको वडाध्यक्ष कमल थापाले बताए । सिञ्चाइ कार्यालयले स्थानीयले समेत मापदण्ड अनुसारको जग्गा छाडेर सडक निर्माण गर्न आग्रह गरेको थियो । तर, कतिपय घर सिञ्चाईको जग्गासम्मै जोडिएर बनेका छन् । दुबैले मापदण्ड छोडेर बाटो बनाउँदा घरसमेत जाने भएपछि कतिपय स्थानीयले विरोध गरेका थिए ।