‘भित्रभित्रै’ गीतकार जानु काम्बाङ हराउदाँ (भिडियो सहित)

320

जेठ २९,
काठमाडौं । प्रवासमा रहेर पनि नेपाली साहित्यमा गीतकार जानु काम्बाङ लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । केही दिन अगाडी मात्र युटुबमा सार्वजनिक उनको ‘तिमी भित्र भित्रै म हराएको हुन्छु’ बोलको गीतले श्रोता र दर्शकको माया बटुल्न थालेको हो ।

यो गीतमा संगीतकार एवं गायक सुजन तिगेला लिम्बुले गरेका छन भने अहिलेका चर्चित गायिका मेलिना राई र स्वयं सुजण तिगेलाको स्वरबद्ध यस् गीतको संगीत संयोजन फनिन्द्र राईले गरेका छन । काठमान्डौ वरपर रहेका सुन्दर प्रकृतिक दृष्यहरुलाई कैद गरिएको यस् गीतमा दिपांशु थापा र क्रिष्टिना थापाको अभिनय रहेको छ । गीतमा कोरियोग्राफ निर्देशक तेन्जु योन्जनले गरेका छन । म्युजिक भिडियो निर्देशन युगल पोमोको रहेको छ ।