साली कस्को भेनाको’ चितवनमा शुभ–मुर्हत

282

माघ २,
काठमाडौं । नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ बन्ने भएको छ । मंगलबार चितवनमा शुभ–मुहुुर्त गरिएको चलचित्र मुभिङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो । कलाकार रिद्धिचरण श्रेष्ठले क्ल्याप, भद्र भुजेलको निर्देशन, उद्योग बाणिज्य संघ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुकेले क्यामरा र लेखक पुष्प आचार्यले नरिवल फुटाएको रहेको मुर्हतमा अभिनेत्री मरिष्का पोख्रेल र नवनायक देब सागर बिसीले संगीत दिए । आजैबाट छायाँकन सुरु गरिएको चलचित्र प्रसाद श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको हो । चितवन र धम्पुसमा छायांकन हुने चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलान लगायतको अभिनय रहने छ । पुष्प आचार्यको कथा रहेको चलचित्रमा प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मगर जातीको संकृतिमा पर्ने साली र भेनाको सम्बन्धलाई बिषय बनाएके चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहनेछ । चलचित्र विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारीेले मिलेर बनाउन लागेका हुन् ।