यो पटकको विश्वकपको मज्जा बोजीनी नगरकोट रिर्सोटमा

242

नयाँ नेपाल न्युज
जेठ २८,
भक्तपुर । विश्वभरका मानिसहरुको ध्यान तानेको फुटबलको महाकुम्भ विश्वकपले नेपालीलाई पनि छोएको छ । धेरैको ठुलो पर्दामा रमाइलो गर्दै विश्वकप हेर्न रहरलाई बोजिनी नगरकोट रिर्सोटले पुरा गर्ने भएको हो ।
रसियामा हुने यो पटकको विश्वकप– २०१८को मज्जा लिन तपाईको मन भए चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडाल बोजिनीमा रहेको यस रिर्सोट जान सक्नु हुनेछ ।
रिर्सोटले ग्राहकको फुटबलको मेला हेर्ने योजनालाई सफल बनाउने योजना ल्याएको छ । जसमा प्याकेजमा आउन चाहानेलाई २० प्रतिशतसम्म छुट दिइने रिर्सोटले जानकारी दिएको छ ।
हरेक खेललाई आधुनिक प्रविधिको प्रयोग गरेर रमाइलो वातावरणमा देखाउने र प्याकेज लिएका रिर्सोट आउन चाहाने पाहुनाले बेलुकीको खाना, बसाई र बिहानको खाजाको व्यवस्था गरिएको हो । यसबारे थप जानकारी लिन ०१–५१४५२३८/ ५१४५२३९मा फोन गरेर जानकारी लिन सक्नु हुनेछ ।