Friday, October 23, 2026
Home समाचार काठमाडौं रक्सौल रेलमार्गः प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र

काठमाडौं रक्सौल रेलमार्गः प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र

254

जेठ २७,
काठमाडौं । काठमाडौं रक्सौल रेलमार्गको प्रारम्भिक प्रतिवेदन चार महिनाभित्र तयार गर्ने गरी भारतीय रेल विभागअन्तर्गतका वरिष्ठ इन्जिनियरहरू काठमाडौंमा आएर काम सुरु गरेको रेल विभागले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला उक्त रेलमार्ग भारतीय पक्षले उसकै आर्थिक सहयोगमा बनाइदिने भन्ने सम्झौता भएको थियो।

प्रिलिमिनरी इन्जिनियरिङ एण्ड ट्राफिक सर्भे (पीइटी) भनिने उक्त प्रतिवेदनले प्रारम्भिक लागतको खाका तयार गर्ने र त्यसकै आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्न सहज हुने रेल विभागले जनाएको छ। उत्तरी सीमावर्ती क्षेत्रबाट काठमाण्डूसम्म रेल ल्याउन पूर्व सम्भाव्यता अध्ययन भइरहेको चर्चाका माझ, दक्षिणी छिमेकी नाका रक्सौलबाट काठमाडौं जोड्ने रेलमार्गबारे पनि प्रारम्भिक अध्ययन सुरु भएको छ।