Saturday, September 19, 2026
Home अपराध लागुऔषध किनबेच गर्ने तीन जना पक्राउ

लागुऔषध किनबेच गर्ने तीन जना पक्राउ

467

जेठ २४,
सुनसरी । लागुऔषध खरिद बिक्री गर्ने तीन जना इटहरीबाट पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका– ८ बस्ने सूर्यमणि राउतको घरमा डेरा गरी बसेका तेजनारायण चौधरीको कोठाबाट लागुऔषध खरिद बिक्री भइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। लागुऔषध बेच्ने चौधरी सहित खरिद गर्ने इटहरी– १ का भविस राई र सुन्दरहरैचा–४ का प्रदीप ढकाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले बताए। चौधरी राउतको घरमा रहेको पुनम खड्काले सञ्चालन गरेको औषधि पसलमा कामदार रहेको प्रहरीको भनाइ छ। चौधरीको कोठाबाट १३४ पिस स्पाजमोल, ट्रेट्रामाटस ५६९ पिस, ट्रमाटस १७ पिस र स्पास्मोप्रोक्सिवन क्याप्सुल १४ पिस बरामद भएको डीएसपी श्रेष्ठले बताए।