Thursday, October 1, 2026
Home प्रदेश प्रहरीद्वारा भेटिएको रकम फिर्ता

प्रहरीद्वारा भेटिएको रकम फिर्ता

216

जेठ २३,
विराटनगर । इलाका प्रहरी कार्यालय, रानीका प्रहरी सहायक निरीक्षक लोकप्रसाद दुलालले बेवारिसे अवस्थामा भेटिएको रकम सम्बन्धित व्यक्तिलाई मंगलबार फिर्ता गर्नुभएको छ । विराटनगर–१५ स्थित भन्सार ढाटमा ड्युटीमा खटिनुभएको बेलामा सो रकम भेटिएको थियो । विराटनगर–१० बस्ने डा क्षितिज गिरीलाई सो रकम मंगलबार फिर्ता गरिएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीले समाजिक सञ्जालमार्फत रकम भेटिएको विषयमा जानकारी गराएर सम्बन्धित धनीलाई प्रमाणसहित सम्पर्क राख्न अनुरोध गरेपछि डा गिरीले प्रमाणसहित आउनुभएकाले रकम फिर्ता गरिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी गराउनुभयो ।