नेकपा भक्तपुरको रक्तदान कार्यक्रम सम्पन्न

128

जेठ २२,
भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि गठन भएको नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला कमिटिले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार सूर्यविनायक चोकमा नेकपाका मोर्चा संगठनको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा पुरुष ४७ जना र ४ जना महिलाले रक्तदान गरेको नेकपा भक्तपुर जिल्ला कमिटिले जानकार दिएको छ ।