बदनाम समाजका कथाः यौन र पैसाको भोकले रित्तिएका मान्छे

394
सांकेतिक तस्विर

नयाँ नेपाल न्युज
जेठ १२,
काठमाडौं । नेपाली समाज अब यति विकृति भइसकेको छ । जसको उपचार समयमै हुन नसक्ने हो भने हजारौं बालबच्चा बाबु आमा जिविति हुदाँ हुदैं पनि टुहुरा हुनेछन् । अनि एउटा छिमिकीले अर्कोलाई भरोसा गर्न छोड्ने छ । बैदेशिक रोजगारीले नेपाली समाज यति निलज्ज भइसकेको छ की अब यहाँ पुरुष र महिला दुबै बदनामी भईसके । कसैलाई कसैको भरोसा छैन् । न त श्रीमानलाई श्रीमतीको या श्रीमतीलाई श्रीमान को । कसैको बुढो विदेशमा गएको छ भने ति महिलासंग हाँस्न बोल्न नहुने अवस्था आयो । भने कसैको श्रीमती परदेश गएकी भए उसको श्रीमानसंग अन्य महिलाले संगै हिड्न नहुने दिन आयो । नयाँ नेपाल न्युज । त्यसको दोषी को ? समाज उत्तर दिन सक्दैन् । जब मानिससंग पैसा हुन्छ ति महिला हुन या पुरुष जिन्दगीले रोमान्स् रोज्छ । पहिलो रोमान्स् भनेको लगाउनु (पोशाक) किन्नु रहेछ । दोस्रो रोमान्स् खानु रहेछ जुन दाल भात वा तरकारी होइन वियर, वाइन र भोडका रहेछ । नयाँ नेपाल न्युज । अनि तेस्रो चाहिँ सबैभन्दा खतरा भोक यौनको रहेछ । त्यसलाई पुरा गर्न पुरुष र महिला जुनहदसम्म पनि अगाडी बढ्न तयार छन् । मानिसहरु पैसा र यौनका लागि जे गर्न पनि तयार भएपनि नेपालमा अपराध मौलाउँदै गएको छ ।

करिब तीन दिनभित्र प्रकाशित समाचार यस्ता छन्ः

कञ्चनपुर, नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन् । गंगाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेका बेला उनले सन्तोषसँग अनैतिक सम्बन्ध बनाइ शिशुलाई जन्म दिएकी हुन् ।

काठमाडौं, बिष्णुमती नदीमा एक नाबालकको शव बेबारिसे अवस्थामा फेला परेको छ । नयाँबजारस्थित चौमती पुल नजिकै नदीको किनारामा नाबालकको शव बेवारिसे अवस्थामा फेला परेको हो । केही दिनअघि मात्र बच्चा पाएर फालेको हुनसक्ने स्थानीयले जनाएका छन् ।

धनुषा, एक किशोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–२ राजपुरमा गत वैशाख १० गते एक विवाह समारोहमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो । पीडित पक्षले घटना लुकाउन खोजे पनि केही दिन नबित्दै सामाजिक संजाल फेसबुकमा बलात्कारको भिडियो सार्वजनिक भएपछि पीडित परिवारले प्रहरी समक्ष उजूरी दिएका छन् ।

तनहुँ, पैसा लिएर बालिकाको हत्या गर्न आउने दुई युवा हतियार सहित बुधबार पक्राउ परेका छन् । रुकुम भूमि गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका १७ वर्षीय उज्जल सुनार र तनहुँ व्यास नगरपालिका ४ स्थायी घर भएका २१ वर्षीय सुदिप अधिकारी पक्राउ परेका हुन् । नयाँ नेपाल न्युज । सुनार र अधिकारीले व्यास चार बस्ने ४४ वर्षीया जुलेखा मिया र उनकी नाबालिका छोरीको ज्यान मार्ने हेतुले घरभित्र पसि धारिलो हतियारले आक्रमण गर्ने क्रममा छिमेकीले थाहा पाएपछि फरार भएका थिए ।

विनिता रेग्मी कट्वाल छिमेकीसँग ६ बर्षीय छोरा लिएर बेपत्ता

झापा, लाखांै नगद र गरहना लिएर छिमेकी युवकसग पत्नी बेपत्ता भएको पीडित पतिले आरोप लगाएका छन् । झापाको साविक पृथीवीनगर –३ हाल भद्रपुर– २ बस्ने २७ वर्षीया विनिता रेग्मी कट्वाल छिमेकी राम लिम्बूसँग ६ बर्षीय छोरा लिएर बेपत्ता भएको पति सुमन कट्वालले आरोप लगाएका हुन् । कट्वालले दिएको घट्ना बिवरण अनुसार ०७४ फागुन २३ गते विनिता हराएको छिमेकीले जानकारी गराएका थिए । उनि २१ महिना अघि वैदेशिक रोजगारीको लागि साउदी अरब गएका थिए ।