
जेठ १२,
सेन्ट्स पिटस्बर्ग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राखेका छन् । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । उनले चीनसँगको रुसको सम्बन्धलाई कुनै पनि नयाँ परिभाषा दिन आवश्यक छैन भनेका छन् । उनले पछिल्लो सयमा रुस चीन सम्बन्ध नयाँ उचाईमा पुगेको धारणा पनि राखे । शनिबार सेन्ट् पिटस्बर्गमा चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको एक अन्तरवार्तामा उनले सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि रुसको चीनसँगको सम्बन्ध थप सुमधुर भएको धारणा राखे । यस काँग्रेसपछि रुस र चीनको आगामी सम्बन्धलाई अझ अगाडि बढाउने वातावरण उक्त काँग्रेसले सिर्जना गरेको उनले बताए । उक्त अन्तरवार्ताका क्रममा उहाँले पछिल्लो समयमा उत्तर कोरियाले शान्तिवार्ताका लागि गरेको अग्रसरताको स्वागत गर्दै यसमा चीनले गरेको सहयोगको पक्षमा आफू पनि रहेको बताए । उत्तर र दक्षिण कोरियाको वार्ताको वातावरणका लागि चीनले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै यसमा रुसको पनि समर्थन रहेको बताए ।