Monday, September 21, 2026
Home समाचार मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

मेडिकल स्नातक प्रवेश परीक्षा आयोगले लिने

160

जेठ १२,
काठमाडौं । चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ । चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो ।अहिले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिने गरेका छन् । शैक्षिक संस्थाहरुले एउटै शैक्षिक सत्रमा फरक समयमा परीक्षा लिँदा विद्यार्थीले मडिकल स्नातक तह अध्ययनका लागि चारपटकसम्म अवसर पाउने गरेका छन् ।