Thursday, October 1, 2026
Home अन्तरबार्ता जवरजस्ती धर्म परिवर्तन गराउनेलाई देशबाटै लखेटनु पर्छः महासचिव विश्व हिन्दु महासंघ

जवरजस्ती धर्म परिवर्तन गराउनेलाई देशबाटै लखेटनु पर्छः महासचिव विश्व हिन्दु महासंघ

1339

नेपाल पछिल्लो समय जवरजस्ती धर्म परिवर्तन गराउने क्रम बढेको छ । कतिपय स्थानमा समाज सेवाको आडमा धर्म परिर्वतन गराउने मानिसहरु शहरका चोक–चोक र गाँउघरमा सक्रिय छन् । संविधानको मर्म विपरित धर्म परिवर्तन र अन्य धार्मीक विषयमा रहेर विश्व हिन्दु महांसघ केन्द्रिय समितिका महासचिव शम्भुहरि बास्तोलासंग नयाँ नेपाल न्युजको लागि प्रधान सम्पादक रामेश्वर ढकालले गर्नु भएको कुराकानीको संम्पादित अंश ।

विश्व हिन्दु महासंघ अहिले के कस्तो गतिविधि गर्दै छ ?
-विश्व हिन्दु महासंघ अहिले सम्रग हिन्दुहरुको पक्षमा काम गरिहेको छ । आध्यात्मिक जागरणका साथै, समाजमा अप्राकृतिक रुपमा भइरहेको धर्म परिबर्तन गर्ने कामहरुलाई  निस्तेज बनाउन सक्रिय छ । आफ्नो उद्देश्य प्राप्तीको काममा लागि परेको छ ।

नेपालमा सनातन भन्दा अन्य धर्मको प्रचारप्रसार किन बढ्यो ?
-यो राज्यको कमजोरी हो, हामीले पनि तेही देखिरहेका छौ । हामी यसलाई रोक्ने आधिकारीक निकाय त हामी होइन, त्यो काम राज्यले गर्नु पर्दछ । मौलीक सनातन धर्मावलम्बिहरुले धर्म परिर्वतन गराएर हिड्ँनेलाई लखेट्नु पर्दछ । जवरजस्ती धर्म परिर्वतनप्रति हामी गम्भिर छौं र धर्म परिर्वतन रोक्छौ ।

धर्म गराउन घरघर जानेलाई रोक्न के गर्दै हुनुहुन्छ ?
-धर्म मान्ने स्वतन्त्रता सबैलाई छ । घरघरमा बाइबल लिएर जाने, जवरजस्ती धर्म परिर्वतन गराउने गतिविधीलाई हामी निस्तेज बनाछौं । मेरो घरमा कोही तेसरी आउछ भने म लखेटछु, यो कार्य सबै हिन्दुहरुले सुरु गरिसक्नु भएको छ । यो जवरजस्ती धर्म परिवर्तन गराउने कार्य संविधानको मर्म र भावना विपरित हो ।

हिन्दु जागरण अभियान रोकिएको हो ?
-हैन रोकिएको हैन, यो निरन्तर जारी छ । ९५ प्रतिशत नेपाली जनताको अभिमतलाई अहिलेको सरकारले पुरा गर्नु पर्दछ । हामीलाई विश्वास छ यो सरकारले संविधान संशोधनको माध्यमबाट नेपाललाई  पूनः सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउने छ ।

तपाईहरुको आगामी कार्यक्रम के छ ?
-हामी निरन्तर मौलीक जनवादी धर्म संस्कृतिको पक्षमा छौं । धर्म परिवर्नतन जस्ता जघन्य अपराध हुन दिनु हुन्न । हामीपनि यसलाई रोक्न प्रयत्नशिल छौ । यसले सांस्कृतिक विचलन ल्याउछ । राष्ट्रियता खतरामा पर्दछ । धर्म विना पहिचान ? अहिले त पहिचानको कुरा उठेको छ । धर्म त्यागरे के पहिचान ? त्यस तर्फ हामी सबै सचेत हुन जरुरी छ । हामी यसै अनुसारका कार्यक्रम तय गरेर अगाडी बढीरहेका छौ ।