भक्तपुरको चाँगुनारायणमा बालिका बलात्कृत

461

नयाँ नेपाल न्युज
जेठ ८,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने सुजन खत्रीले काब्या (बालीका, परिवर्तित नाम ) जबरजस्ती करणी गरेको भन्दै पक्राउ गरेको हो । गत चैत १२ गते खत्रीले आफ्नै घर कोठामा डर, त्रास दिई जबरजस्ती करणी गरेको भन्ने पीडितको परिवारको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट मंगलबार पक्राउ गरेको महानगरिय प्रहरी परिसर जानकारी दिएको छ । पक्राउ परेका उनलाई जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाईएको छ ।
थप अनुसन्धान कार्य भइरहेको भक्तपुरका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक शुसिल कुमार पाण्डले जानकारी दिएका छन् ।