नीति तथा कार्यक्रमले र्जा क्रान्तिको ढोका खुल्यो

236

जेठ ८,
काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन । उनले भने,‘सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उर्जा क्षेत्र उच्च प्राथकितामा परेको छ, आगामी १० वर्षभित्र १५ हजार मेघावट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले बृहत्त योजनाहरु यसै वर्षभित्र सूरु गर्ने भएको छ, तीन वर्षमा तीन हजार, ५ वर्षभित्र १० हजार र १० वर्षभित्र १५ हजार मेघावट विद्युत निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’ उर्जामन्त्री पुनले विद्युत चुहावटलाई रोक्नको लागि सरकार लागिरहेको पनि जनाए । उनले भने,‘विशेषगरि सिँचाईको समयमा ‘हुक’ गरेर बोरिङ गर्ने, विद्युत चोरी गर्ने काम हुन्छ, त्यसको अन्त्य गर्न सरकारले उर्जामन्त्रालय अन्र्तगत सोलार वितरण गर्ने र चोरी गर्नेलाई कारबाही गर्ने गरिरहेको छ, समुहमा सोलार वितरण गरेर सिँचाई गर्ने वातावरण निर्माण गर्ने र यस्ता गलत प्रवृतिको अन्त्य गर्नेमा सरकार लागि रहेको छ ।’