केरा खेतीमा दश लाखको क्षति

188

जेठ ४,
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् । १३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । ऋण निकालेर केरा खेती गरेको थिएँ, उहाँले भन्नुभयो, “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।”