काभ्रेमा किसानलाई उपकरण वितरण

232

चैत १६,
बनेपा । काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण वितरण गरिएको छ । धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्मोमिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो । पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका कृषकलाई ती सामग्री कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले वितरण गरेका छन् । मन्त्री चौधरीले स्थानीय तहका आधारमा कृषि सेवालाई रुपान्तरण गरिने बताए । पहुँचका आधारमा कृषकले विभेद खेप्न नहुने उल्लेख गर्दै मन्त्री चौधरीले एक गाउँ एक प्राविधिक किसानसँग हातेमालो गर्ने कार्यक्रम भएको बताए ।