Sunday, September 27, 2026
Home कृषि पहिलोपटक ई नर्सरीबाट उखु खेती

पहिलोपटक ई नर्सरीबाट उखु खेती

354

फागुन ३०,
कञ्चनपु । कञ्चनपुरको बेलौरी नगरपालीका ६ हात्तीबोझाका किसान रामआश्रय वडायकले ई(नर्शरी विधिबाट उखुका विरुवा तयार गरी खेती गरेका छन। नेपालमै पहिलो पटक इ–नर्शरी तयार गरी उखु खेतीमा नौलो विधिको प्रयोग गरीएको छ। वडायकले नौलो प्रविधिको प्रयोग गरी एक विघा खेतमा सिओ ०२३८ जातको उखु रोपेका हुन । यस विधिबाट उखु लगाउदा दुई देखि तीन क्विन्टल उखुमा १२ हजार देखि १५ हजार सम्म उखुका विरुवा उत्पादन गर्न सकिने बताए। परम्परागत तरिकाले उखु रोप्दा प्रति विघा तीस क्विन्टल बढी उखुको बीउ लाग्ने गरेकोमा यस प्रविधिको प्रयोग गरी उखु रोप्दा दश क्विन्टल बीउमै एक विघा खेतमा पुग्ने उनले बताए। थोरै बीउ लाग्ने भएकाले अनावश्यक बीउमा लाग्ने खर्च बचत हुनुका साथै परम्परागत तरिका बाट उखु रोप्दा ६० देखि ६५ प्रतिशत मात्रै उत्पादन लिन सकिन्थ्यो उनले भने, ‘यस विधिबाट लगाईएको उखुको उत्पादन ८० देखि ९० प्रतिशत सम्म लिन सकिन्छ ।’