काँग्रेस नेतृत्वसँग पूर्व राष्ट्रपति असन्तुष्ट

247

जेठ ३,
काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले काँगे्रसमा नेतृत्वको अभाव देखिएको बताएका छन् । पूर्वराष्ट्रपति यादवले जनतासँगको सम्बन्धलाई स्थापित गर्ने काममा केन्द्रीत हुन पनि नेपाली काँग्रेसका नेता, कार्यकर्तालाई सुझाव समेत दिएका छन् ।
प्रजातान्त्रिक विचार समाजको २० औं स्थापना दिवसको अवसर पारेर बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काँग्रेसका नेताहरु देशको विविधतालाई पहिचान गर्न नसकेर निराश भएको भन्दै चिन्ता पनि व्यक्त गरे । काँग्रेसले आफूलाई राष्ट्रपति बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्ने अवसर दिएपनि सो पार्टी निराश बन्दै जानु आफ्ना लागि चिन्ताको विषय भएको पूर्व राष्ट्रपति यादवको भनाई छ । पूर्व राष्ट्रपति यादवले वीपी कोइरालाजस्ता नेताहरुले जनतासँग स्थापित गरेको सम्बन्धलाई समेत काँग्रेस नेतृत्वले बिर्सिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।