Monday, October 19, 2026
Home राजनीति सुवास नेम्वाङले माधव नेपाल एमालेमा बोलाएपछि……

सुवास नेम्वाङले माधव नेपाल एमालेमा बोलाएपछि……

133

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफ्ना पूर्वसहकर्मी तथा नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाललाई एमालेमा बोलाएका छन् । एमाले सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा नेम्वाङले एकीकृत समाजवादीलाई जनताले अस्वीकार गरिसकेको बताए । एमालेबाट २० प्रतिशत सिट लिएर पार्टी फुटाएका माधव नेपालले गठबन्धनको सहारा लिएर पनि स्थानीय चुनावमा ४ प्रतिशत मत पनि कटाउन नसकेको भन्दै उनले भने, जनताले अदालतले उहाँहरूको अस्तित्वलाई अस्वीकार गर्‍यो ।

त्यसैले म विनम्रतापूर्वक र दृढतापूर्वक भन्छु, नेकपा एमालेमा फर्केर आउनुस् ।’ तर, माधव नेपालले जनमत स्वीकार नगरेको उनको आरोप छ । ‘उल्टै केही सिटमा मात्रै लडेकाले यति मत आएको, देशभरी ढ्वाङ थापेको भए २५ प्रतिशत मत आउँथ्यो रे रु,’ नेपालको भनाइ स्मरण गर्दै उनले भने, ‘के भन्ने रु कुनि के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्छ नि !’