दिपाले दुलहीको भेषमा तस्बिर सार्वजनिक गर्दै दिइन् मायामा भएको संकेत

474

असार ५,
काठमाडौँ । निर्देशक तथा कलाकार दिपाश्री निरौला यतिबेला ‘छ माया छप्पकै’को छायांकनमा व्यस्त छिन् । उनी बेला बेलामा सुटिङ सेटबाट तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टाग्राममा छ माया छप्पकै भन्दै दुलहीको भेषमा तस्बिर सार्वजनिक गरेकी छिन् । यो तस्बिर पुरानै हो तर उनले छ माया छप्पकै भन्दै फोटो हाल्दा धेरैको ध्यान खिचेको छ । दर्शकले उनको विवाह हेर्ने इच्छा समेत व्यक्त गरेका छन् । तर उनी कसको मायामा छिन् !

यो फिल्ममा दिपक राज गिरी र केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । करिब २० वर्ष उमेर अन्तरालको प्रेम कथामा दिपक र केकी जोडीको रुपमा प्रस्तुत हुनेछन् । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म आगामी दशैंमा प्रर्दशन हुनेछ ।