Friday, September 25, 2026
Home समाचार पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाई

पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाई

157

बैशाख १२,
बनेपा । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भूकम्प पुनःनिर्माणको कार्यलाई सबैको साथ र सहयोगबाट तीव्रता दिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दल्सिङ्गेमा जनता आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले सरकारले विसं २०७६ भित्रमा सबैलाई छानामुनि ल्याउनुपर्छ भनिसकेकाले त्यसमा विद्यालय पनि पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पको काम सरकारले गर्नुपर्ने जस्तो नागरिकको चिन्तन देखिन्छ, त्यसो होइन सरकारले राहत दिने हो बनाउने आफैँले हो ।” उहाँले भूकम्पले ध्वस्त बनाएको विद्यालय बनाउनका लागि विदेशीले लगानी गर्न सम्झौता गरिएको भए पनि केहीले दिए पनि भनेजतिको नदिएका कारण अब आश गरेर अर्काको बाटो हेरेर विद्यार्थीलाई विद्यालय जानबाट बञ्चित गर्न नसकिने बताउनुभयो । उहाँले भर्ना अभियान शुरु भएपछि पनि सरकारले त्यसको अनुगमन गरेर छुटेकालाई पनि नीति बनाएर विद्यालय हाताभित्र ल्याउने उल्लेख गर्नुभयो ।