Sunday, September 27, 2026
Home समाचार प्रतिकूल मौसमका कारण विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित

216

बेशाख २०,
काठमाडौं ।प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौँ फर्किएको छ ।

त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ । अन्तर्राष्ट्रियतर्फ एयर बङ्गलाको जहाज करीब आधा घण्टा होल्ड भएको थियो । भैरहबादेखि पश्चिम क्षेत्रका अधिकांश उडान प्रभावित भएका छन् ।

विमानस्थलमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल (भिएफआर) र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल (आइएफआर) । सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौँमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो समाचार तयार पार्दासम्म (दिउँसो २ बजे)विमानस्थलको सेवा सामान्य अवस्थामा आइसकेको प्रवक्ता तिवारीले बताए ।RSS