स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही

248

बैशाख १२,
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”– उहाँले भन्नुभयो । स्वर्गीय ठकुरीले देखेको सपना पूरा गरेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने सभापति देउवाको भनाइ थियो । उहाँले मुलुकको विकास र समाजसेवाको क्षेत्रमा स्वर्गीय ठकुरीले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।