Friday, October 9, 2026
Home पत्रपत्रिका पाइलटलाई उडानमा फोटोग्राफी निषेध

पाइलटलाई उडानमा फोटोग्राफी निषेध

110

कान्तिपुर दैनिक-बैशाख ७,
काठमाडौँ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् । आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन ।
यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ। फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो। प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफटी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ।