Sunday, September 27, 2026
Home मनोरन्जन तरकारीवालीको फिल्म ‘लम्फू’ ट्रेलर रिलिज ( भिडियो सहित)

तरकारीवालीको फिल्म ‘लम्फू’ ट्रेलर रिलिज ( भिडियो सहित)

302

चैत ३०,
काठमाडौं ।
वर्ष २०७५ बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ। ट्रेलरमा नवनायक कबिर खड्कालाई विशेष फोकस गरिएको छ । अभिनेत्री मरिश्का पोखरेलको प्रेममा उनी दिवानाभएका छन् । सार्वजनिक ट्रेलर कलरफूल बनेको छ । ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई स्थान दिइएको छ । गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई ९बालकलाकार०, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । उक्त फिल्ममा ुतरकारीवालीु को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।