असार २७,
काठमाडौं । साहित्यकार तथा लेखिका जानू कम्बाङ्ग लिम्बुको शब्द रहेको म आउने प्रहर तिमी बोलको गीत सार्वजनिक भएको छ । गायक हरिदत्त फुलाराको नयाँ नेपाली रोमान्टिक गीत सार्वजनिक गरिएको हो । उनको ‘म आउने प्रहर’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक फुलाराको यो गीतमा महाराज थापाको एरेन्ज, कम्पोज गायककै छ ।
यस्तै ‘म आउने प्रहर’ को म्यूजिक भिडियोमा नेपाली चलचित्रका चर्चित अभिनेता आयुष रिजाल र नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोलाई रमेश बाबा नेपालले निर्देशन, रविन्द्र बरालले छायांकन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।