Wednesday, September 30, 2026
Home मनोरन्जन छविराजको ‘मंगलम’ हेर्न रेखा पुगिन्

छविराजको ‘मंगलम’ हेर्न रेखा पुगिन्

326

फागुन २८,
शुक्रवारबाट देशैभर प्रदर्शनमा आएको प्रतिक्षीत फिल्म ‘मंगलम’ ले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको पहिलो दिनदेखि अधिकांश सिंगल स्कृन दर्शकले भरिभराउ छन् । पहिलो शोका दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले फिल्मको विजनेसमा ठुलो प्रभाव पारेको छ ।
यसैबीच, आइतवार विग मुभिजमा फिल्मको प्रेस शो राखिएको थियो । जहाँ पत्रकार मात्र होइन चलचित्रकर्मीहरुको पनि बाक्लो उपस्थिति थियो । ‘मंगलम’ हेर्न निर्माता छविराज ओझाकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी थिइन् ।
यसअघि छविराज, अभिनेत्री शिल्पा पोखरेलसँग रेखा निर्मित तथा अभिनीत फिल्म ुरुद्रप्रियाु हेर्न हल पुगेका थिए । रेखाले त्यही गुन तिरिन् ।
फिल्मको फस्ट हाफमा उनले ‘मंगलम’ की अभिनेत्री शिल्पा, अभिनेता पुष्प खड्का, छविराजका छोरा साकार ओझासँग सँगै बसेर तश्बिर खिचाइन् । छविराजसँग तश्बिर खिच्न नमानिरहेकी रेखा अन्ततः सञ्चारकर्मीको आग्रहपछि बाध्यतामा परिन् । अनि, धेरैपछि यी दुई मिडियाको क्यामेरामा कैद भए ।
फिल्म हेरेपछि रेखाले कलाकारदेखि निर्माता ओझासम्मको तारिफ गर्न छुटाइनन् । उनले भनिन्, ‘शिल्पा र पुष्पको अभिनयले मन छुन्छ । अन्य कलाकारहरुको अभिनय पनि तारिफ गर्न योग्य छ । निर्देशक नवल नेपालले आफूलाई फेरि एकपटक अब्बल निर्देशकको रुपमा प्रमाणित गर्नुभयो । लगानी गर्न निर्माता ओझाले कञ्जुस गरेका छैनन् ।’