प्रधानमन्त्री ओलीको एउटा निर्णयले राज्यलाई करोडौं फाइदा

174

चैत ८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयमा रहने सदस्य संख्या कटौती गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको सचिवालयमा रहने सदस्य संख्या ४७ बाट २८ मा झार्ने निर्णय गरेको हो । पहिला २३ सदस्यीय रहेको प्रधानमन्त्रीको सचिवालय डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बढाएर ४६ सदस्यीय पुर्‍याइएको थियो । प्रधानमन्त्रीको सचिवालयमा उपसचिव, शाखा अधिकृतदेखि सामान्य पदसम्म कार्यकर्ता भर्ती गर्ने गरिन्थ्‍यो । जसलाई तलब भत्ता, इन्धन, सञ्चार लगायतका सुविधा दिँदा राज्यकोषको करोडौं रकम खर्च हुने गरेको थियो । मन्त्रिपरिषद बैठकले सरकारलाई विभिन्न विषयमा सुझाव दिन पाँच वटा समिति बनाउने निर्णय पनि गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । जसमा राजनीतिक समिति, प्रशासन समिति, सामाजिक समिति, आर्थिक तथा पूर्वाधार समिति, विधेयक समिति रहेका छन् ।