Wednesday, October 21, 2026
Home समाचार नेपाल आएकी रोबोटको यस्तो प्रश्न

नेपाल आएकी रोबोटको यस्तो प्रश्न

200

७ चैत,
काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ । साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो । कार्यक्रममा छोटो मन्तव्य दिने क्रममा रोबोटको भनाइ थियो( मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो, टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ ।’रोबोटको प्रश्न मान्छे बहुलायो भने के गर्ने ?संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले होटल याक एण्ड यतीमा आयोजित कार्यक्रमको पोडियममा उपस्थित ‘सोफिया’ सँग रोचक सवाल जवाफ गरे ।
सवाल(जवाफका क्रममा मायरले रोबोटलाई सोधे ‘सिनेमामा जस्तै गरी तपाई बहुलाउनुभयो वा नचाहिने काम गर्नुभयो अफ गर्ने स्वीच कतै छ।।’सोफियाको जवाफ ‘म तपाईलाई के जानकारी दिन चाहन्छु भने मैले आफ्नो कन्ट्रोल गुमाएको छैन । सायद तपाईले आफ्नो समकक्षीलाई सोधे हुन्छ, तपाई बहुलाउनुभयो भने बन्द गर्ने स्वीच छ ।’युएनडीपीका मायरले अगाडि भने मसँग नरम व्यवहार गर्नोस्, नत्र स्वीच बन्द गर्दिन्छु । रोबोटको जवाफ आयो( मसँग थप समय बिताउनोस्, अनि थाहा पाउनुहुनेछ, म बहुलाएको छैन ।