Thursday, October 1, 2026
Home समाचार टिकटकमा चरित्र हत्या गरेपछि……

टिकटकमा चरित्र हत्या गरेपछि……

38

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। चरित्र हत्या आरोपमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने २९ वर्षीय विजय लामा भन्ने डम्बरबहादुर तामाङ छन्। उनलाई चितवन प्रहरीको सहयोगमा बुधबार पक्राउ गरेको हो। उनले टिकटकमा पीडितको फोटो र भिडिओ बिगारेर अश्लिलतासहित प्रसारण गरेको आरोप छ। त्यसरी छवीमा आँच पुर्‍याउने, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्‍या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ।