Sunday, September 27, 2026
Home समाचार ‘भक्तपुरमा माइती जान्छु’ भनेर हिडेकी महिला प्रेमीसंग होटलमा रात बिताउन पुगेपछि….

‘भक्तपुरमा माइती जान्छु’ भनेर हिडेकी महिला प्रेमीसंग होटलमा रात बिताउन पुगेपछि….

759
सांकेतिक तस्विर

भदौं ११,
भक्तपुर । करिब चार वर्ष प्रेममा रहेका एक यवक अहिले हिरासत र अदालतको चक्कर काट्दैछन् ।
काभ्रेका २३ वर्षीय नजर (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीय निभा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए । उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।  तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा नजरले विदेशममा बस्दै आएकी एक युवतीसंग बिवाह गरे । त्यसपछि प्रेमीका निभाले आफुलाई प्रलोभनमा पारेर यौन शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिइन् ।
निभाले प्रहरीमा दिएको उजुरी अनुसार आफुलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर पटक –पटक शारिरीक सम्बन्ध राख्दै आएको आरोप लगाएकी छिन् ।

यो घटनामा निभाले विवाह गरेकी श्रीमतीसंग नजरले सम्बन्ध बिच्छेद गरे आफु मुद्धाबाट पछि हट्ने संकेत निकटका मानिससंग गरेको स्रोत बताउँछ । यसरी प्रेममा धोका भएपछि पनि प्रहरीमा आएर यौन शोषण, बलत्कार, जबरजस्ती करणीको आरोप लगाउदैं उजुरी दिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ । अर्को घटना श्रीमानको यौन यातना सहन नसकेको भन्दै एक महिला केही समय अगाडी भक्तपुर प्रहरीमा पुगिन् । पोर्न फिल्मको लत लागेका उनका ४० वर्षका श्रीमानको दैनिक व्यवहारले ३४ वर्षकी ती महिला आजित भइन् । प्रहरीका अनुसार पारिवारीक हिसाबले निकै उच्च वर्गका उनीहरुको जिवन ४ वर्ष यताको अवस्था श्रीमतीले वर्णन गर्दा निकै दुःखद थियो ।
विवाह गरेको १३ वर्ष पुगेका ती जोडीको ११ वर्षका छोरा छन् । तर श्रीमानको बानी भने महिलाले सहन नसक्ने थियो । ४

वर्षसम्म घर परिवार र बच्चाकोलागि सहदै आएकी उनले अन्तत उजुरी गर्न बाध्य भइन् ।
महिलाले प्रहरीलाई भनेकी छिन् ‘दैनिक हात खुट्टा बाँधेर सात पटकसम्म शारिरीक सम्बन्ध राख्नु पर्ने श्रीमानलाई त्यो अपराध मैले सहन सकिन् ’ । श्रीमतीलाई पशुतुल्य गरेर शारिरीक सम्बन्ध राख्ने ती पुरुषको खराब बानी सुनेर आफन्त र छिमेकका सबैजना चकित परे । अर्को घटनामा रामेछाप घर भई हाल भक्तपुर बस्दै आएका एक बिवाहीत जोडीको बिवाहउत्तर सम्बन्धले निम्त्याएको संकट छ । श्रीमान श्रीमतीलाई ंंशका गर्ने गर्दै आएका थिए । तर एक दिन श्रीमतीले असारमा श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको भदै साउनको अन्तिम साता उजुरी दिइन् ।
महिलाको उजुरी अनुसारले प्रहरीले उनका श्रीमानलाई पक्राउ ग¥यो । तर अनुसन्धानको क्रममा केही यस्ता रहस्य बाहिर आए जुन उनीहरुको दुबै जनाको बाहिर सम्बन्ध थियो । तेस्रो व्यक्तिको प्रवेश त्यो घटनामा भएपछि महिलाले श्रीमानलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् ।  प्रहरीका अनुसार घटनाको अन्तिमसम्म अनुसन्धान गर्दै जादाँ कतिपयमा महिलाको कमजोरी भेटिएपछि उनीहरुले अदालतमा गएर बयान फेर्न गरेका छन् ।

माइती जान्छु भनेर घरबाट निस्केकी एक महिला प्रेमीसंग भक्तपुरको सल्लाघारीमा रहेको एक होटलमा रात बसिन् । उनी माइती नपुगेको श्रीमानले थाहा पाएपछि श्रीमतीले घटनालाई अर्कै मोड दिइन् । श्रीमान र घर परिवारले थाहा पाएपछि उनले रात संगै बसेको पुरुषले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रमा लियो । तर अदालत पुगेपछि महिलाले यस्तो बयान दिइन् जुन बयानपछि अदालतले समेत प्रहरीलाई चेतावनी दियो । महिलाले ती पुरुषसंग आफुले राजीखुसी यौन सम्बन्ध राखेको र प्रहरीले उजुरीमा के लेखेको थाहा नभएको दाबी गरिन् । पहिला बलात्कार ग¥यो भन्ने महिलाले पछि किन त्यस्तो गरिन् प्रहरी आफैं अन्योलमा प¥यो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी उपरिक्षक रेवति रमण पोखरेलका अनुसार भक्तपुरमा पछिल्लो वर्ष घरेलु र यौन हिंसा बढ्ेको देखिन्छ ।

उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका गाउँ–गाउँमा पुगेर घरेलु हिंसाका बारेमा जनचेतना मुलक गतिविधी गर्दै आएकाले पनि महिलाहरुमा हिंसा सहनु हुदैंन् भन्ने धारणा विकशित भएको देखिन्छ ।
आर्थिक वर्ष २०७५/०७६मा भक्तपुर प्रहरीले यौन हिंसाका मात्र ३४ मुद्धा दर्ता गरेको छ । जसमा कानुनले तोकेको उमेर भन्दा कम उमेरका किशोरीसंग यौन सम्बन्ध राख्नेको संख्या करिब ५० प्रतिशत छ । सामाजिक संजालको अत्यधिक प्रयोगका कारणपनि सानै उमेरमा यौन सम्बन्ध राख्ने युवायुवतीको संख्यामा वृद्धि भएको प्रहरीको भनाई छ । नेपालको वर्तमान कानून अनुसार १८ वर्ष उमेर नपुगेका युवतीसंग सहमतिमा यौन सम्बन्ध राखेपनि अपराध मानिन्छ । विगतमा उक्त उमेरको हद १६ वर्ष थियो ।

केही गलत नियत भएका महिलाहरुका कारण साच्चैनै यौन हिंसा पीडित महिलालाई समेत समाजले हेर्न दृष्टिकोण गलतहुन थालेको छ । श्रीमान हुदाँ हुदैं परपुरुषसंग सम्बन्ध राख्ने र बाहिर हल्ला भएपछि वा पैसा लेनदेनको कुरा नमिल्दापनि बलात्कारको आरोप लगाउदैं उजुरी दिने केही महिला छन् । त्यस प्रकारका महिलाले अदालतमा गएर प्रहरीमा दिए भन्दा फरक बयान दिने गर्नाले प्रहरीलाई कुनै समय समस्या आउने गरेको छ ।