समातिए ‘मोस्ट वान्टेड’ उमेश पासवान

184

चैत ७,
सर्लाही । ‘मोस्ट वान्टेड’ सुटर उमेश पासवान । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका सुटर उमेश पासवान पक्राउ परेका छन् । उनी तराईमा भएको करिब एक दर्जन गोली काण्डमा सुटरको रुपमा प्रयोग भएका प्रहरीको भनाइ छ । पासवाललाई जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले मंगलबार साँझ लालबन्दी–२ बाट पक्राउ गरेको हो । सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले थप अनुसन्धान गरेको छ।