कथाः मृत्युशैयामा आमा

477

-रमेश गिरी “आशा”
अस्पतालको शैयामा जीवन र मृत्युसंग लडाई लडिरहेकी छे अनिता । परिवारका सबै आत्तिरहेका छन्, अनितालाई बचाउन सकिएला कि नसकिएला भन्ने चिन्ता पनि उत्तिकै छ, परिवारका सदस्यलाई । सबभन्दा बढी चिन्ता त अनिताकी १० वर्षकी छोरी रमितालाई छ । आमालाई केही भयो भने ऊ टुहुरी हुन्छे ।
उसै त हजुरआमाले बेलाबेलामा नाती जन्मिएन भनेर उनलाई घोचपेच गरिरहन्छिन् । त्यसमाथि पनि आमालाई केही भयो भने ऊ टुहुरी हुन्छे । उसको साहारा कोही हुदैन । बाबुले पनि अर्की आमा बिहे गरि हाल्छिन्, त्यसपछि कसको साहारमा बाँच्ने । ती बालिकाको मनमा पनि ठूलो चिन्ता परेको छ ।
अनितालाई अप्रेशनका लागि शल्यक्रिया कक्षमा लगिएको छ । अनिताको श्रीमान् रोहित डाक्टरको सल्लाह अनुसार रगत खोज्न हिडिसकेका छन् । १० वर्ष अघि अनितासंग प्रेम बिवाह गरेको थियो रोहितले । उनलाई घरमा भित्रयाएदेखि नै उसको आमा र दिदीले अनितालाई त्यति मन पराएका थिएनन् । चलनचल्ती अनुसार दाईजो नआएको गुनासो थियो उनीहरुको ।
“बुहारी असल छे, असाध्यै राम्री छे, तर के गर्नु, दाईजो भने जति ल्याईन, आफन्तले कत्ति कुरा काटे”–सासू छिमेकीसंग कुरा गरिरहन्थिन । तीन पिन्ट रगतको जोहो गरेर रोहित आईपुग्छन् । यतिकैमा डाक्टर बाहिर निस्क्छन् । रमिता डाक्टरलाई देखेर दौडदै गएर च्याप्प डाक्टरको हात समाउछे र भन्छे–“डाक्टर साब, जसरी पनि मेरो ममिलाई बचाउनुहोस न, ममिलाई केही भयो भने म पनि मर्छु, प्लिज मेरो ममिलाई जसरी पनि बचाउनुहोस न ।”
सानी बालिकाको रोदनले डाक्टरको मन पनि कटक्क खान्छ–“नानु नरोऊ, केही हुदैन तिम्रो आमालाई हामी बचाउँछौ ।” रुदै गरेकी रमितालाई भेट्न आउनेहरुले फकाएर पर लैजान्छन् । डाक्टरले रोहित, उसको आमा र दिदी कल्पना बसेको ठाउँमा डाक्टरले भन्छन्–“अबस्था नाजूक छ, आमा बचाउने कि छोरा ?” रोहित असमञ्जसमा पर्छन् र भन्छन्–“डाक्टर साहेब दुबैलाई बचाउने ।”
“गाह्रो छ, हामी दुई मध्ये एकलाई बचाउन सक्छौ, भन्नुस् कसरलाई बचाऊँ ?”–डाक्टरको साधाईको जवाफ दिन सक्दैन रोहित । रोहितको आमाले भन्छिन्–“डाक्टर साहेव हामीलाई नाती चाहिन्छ, बंश चलाउने नाती ।”
कल्पनाले यसैमा थप्छे–“हो डाक्टर साहेब, हामीलाई छोरा चाहिन्छ, बुहारी नभए, भाईले अर्को बिहे गर्छ नी ।” यति भन्दा पनि रोहित नजवाफ उभिरहन्छ । कुनै प्रतिक्रिया दिन सक्दैन । वास्तवमा उसलाई छोरा चाहिएको हो कि श्रीमति । श्रीमति बाचे त छोरा त फेरी जन्मेला नी तर आमाले नाती भनेर भनेको उसले डाक्टरलाई कुनै जवाफ दिन सक्दैन । डाक्टरले रोहितको मौनलाई छोराको चाहनासंग बुझेर फर्किन्छ ।
“आमा” शब्द मै ठूलो अर्थ छ, नौ महिना कोखमा राखेर धेरै दुःख कष्ट गरेर आफ्नो सन्तानलाई जन्म दिन्छिन् । यो धर्तीमा ल्याउँछिन्, हुर्काउछिन्, बढाउँछिन् । त्यसैले त आमा भनिएको हो, जसको ऋण कुनै पनि सन्तानले तिर्नै सक्दैन, डाक्टरको मनमा यस्ता प्रश्नले कुटुकुटु खाईरहन्छ ।
डाक्टरले अप्रेशा कक्ष मै अनितालाई एकनाशले हेर्छ । उनको कोमल अनुहारलाई नियाल्छ । कयौ अप्रेशन गरिए तर आजको अबस्था भने डाक्टरलाई आज पहिलो पटक आएको थियो । डाक्टरको जिम्मेवारी विरामी बचाउने नै हो । दुबैलाई बचाउने ठूलो चाहना छ, तर एकको ज्यान जाने अबस्थामा कसलाई रोज्नु । यो धर्तीमा आउनका लागि आतुर एउटा बालकको बचाउनु कि, आफ्नो संन्तानका लागि संसार त्याग्न सक्ने आमालाई बचाऊँ ।
अस्पतालको शैयामा छट्पटाई रहेकी अनितालाई सोध्नै नहुने प्रश्न सोध्ने विचार गर्छन् डाक्टर, उनको चाहनालाई बुझ्ने विचार गर्छन् डाक्टर, अनि मात्रै के गर्ने भन्ने निर्णय गर्ने सोचाईका साथ सुत्ेकरी व्याथाले छट्पटाईरहेकी अनितालाई डाक्टरले प्रश्न सोध्छन्–“हामी तपाईको अप्रेशन गर्दैछौ, तपाई वा तपाईको बच्चा मध्ये एकलाई मात्र बचाउन सकिन्छ तपाई वा तपाईको बच्चा मध्ये एकलाई मात्र बचाउन सकिन्छ, भन्नुस, कसलाई बचाऊँ ?”
विनिताको छटपटाई एकैछिनमा रोकिन्छ, उनी स्तब्ध हुन्छिन् । हातले धर्तीमा आउन हतारिएका छोरालाई सम्झेर पेट छाम्छिन् । बच्चा पेट भित्र चलमलाई रहेको हुन्छ । अनुहार नै नदेखेको त्यो बच्चाको चालसंगै उनको माया उर्लिएर आउँछ । उनको आँखा एकाएक रसाउँछ । उनी रुन्छिन् तर पनि डाक्टरको आँखा पनि रसाउँछ ।
“आमा, मलाई बचाउँनुहोस, म धर्तीमा आउँन आतुर छु, मलाई बाहिर निकालनुहोस ।” कता कता अनितालाई त्यही आभाष हुन्छ र लामो स्वास तानेर अनिताले भन्छिन्–“डाक्टर साहेब मैले आधार जीवन भोगी सके, यो संसार देखिसके, नियालीसके, म यो जन्मिन आतुर गरेको मेरो सन्तानलाई कसरी मारु, यसलाई यो धर्तीमा ल्याउनुछ, म मर्न तयार छु, मलाई मारेर पनि यसलाई बचाउनुहोस ।”
गर्भवति भएको चार महिनामा डाक्टरसंग स्वास्थ्य परीक्षण गराउँदा छोरा छ भनेपछि परिवारमा अलिकति भएपनि माया पाएकी थिईन्, अनिताले । त्यसमाथि पनि परिवारको सबभन्दा ठूलो खुसी नाती, उनी कसरी त्यो खुसीलाई मार्न सक्थिन् र ?
डाक्टरले फेरी भन्छ–“तपाई बाच्नु भए, छोरा त फेरी पाउन सकिन्छ नी ।” हो नि आमा बाचे त छोरा फेरी पनि जन्माउन सकिन्छ । आखिर अनुहार नै नदेखेको, यो धर्तीमा अझै नआएको, नजन्मिएको सन्तानप्रति के को माया ?, आफू बाँचे एउटा मात्रै होईन, दुईवटा नै छोरा जन्माउला नी । के फरक पर्छ र ? तर आमाको मन न हो, के मान्थ्यो र न छोरा, न छोरी आमाको लागि सन्तान उत्तिकै प्यारो हुन्छ । उत्तिकै माया हुन्छ, उत्तिकै पीडा बोकेर यो धर्तीमा ल्याएको हुन्छ ।
अनिताको आँखाबाट आँसुको भेल बग्छ, संगै उभिएकी नर्सको आखा पनि रसाउँछ, अर्को डाक्टरले पनि आफ्नो मन थाम्न सक्दिनन् । अनिता भन्छिन्–“डाक्टर साहेब यी मेरो पेटमा चलमलाई रहेको छ मेरो सन्तान, कसरी म यसलाई मार्न सक्छु ? यो दुनियाँले मलाई के भन्छ ?, आमा शब्द मै कलंक लाग्छ, म मेरो पेट भित्र जिउदै नाचिरहेको मेरो सन्तानलाई कसरी धर्तीमा आउनु भन्दा अगाडि मार्न सक्छु, मलाई यो सन्तानलाई बचाउनु, म यतिखेर मृत्युशैयामा छु, यहीबाट भन्छु मेरो सन्तानलाई बचाउँनुहो्स ।”
“आमा” महान हुन्छन्, आमाको यो महानतालाई सन्तानले चाँही कहिले बुझ्लान खै ? आफू मरेर पनि सन्तान बचाउन चाहने यी आमाको सन्तानले भोलीका दिनमो यो मायालाई के ख्याल गर्लान त ? डाक्टरको मनमा अनेकौ प्रश्न उब्जिन्छ, उसले सकेसम्म दुबैलाई बचाउने अठोट लिन्छ ।
अनितालाई अन्तिम पटक छोरी रमिता र श्रीमान् रोहितको अनुहार हेर्न मन लाग्छ, उनीहरुको गाला सुम्सुम्याउँदै अन्तिम पटम माया गर्न मन लाग्छ । मनको चाहनालाई डाक्टरले पुर्याईदिन्छ । रोहित र रमिता अप्रेशन कक्षको बाहिर भिजिट रुपमा बस्छन्, अनितालाई त्यही ल्याईन्छ । अनिताले आफ्नो माया रोक्नै सक्दिनन् । उनको आँखा निकै रसाउँछ । एकापट्टि रोहितलाई र एकापट्टि छोरीलाई समातेर अंगालो मार्छिन् र रुन्छिन्, धक मर्नेगरी केहीबेर ररुन्छिन् । संगै रोहितको आँखा पनि रसाउँछ, छोरी त निकै रन्छे । अनितालाई सम्हाल्न निकै गाह्रो पर्छ । डाक्टरले अप्रेशन गर्न ढिला भएको जानकारी गराउँछ ।
अनिताले रोहितलाई भन्छे–“म मरे भने तिमी अर्को बिहे गर है”, रोहित कुनै जवाफ नदिई आँसु बगाईरहन्छ । मलाई बचन देऊ–“छोराछोरीलाई मेरो कमी हुन दिदैनौ नि, यिनीहरुले कुनै दिन दुःख पाउँदैनन् नी ।” रोहितले बचन दिन्छ । रमिता झन रुन्छे । दुबै कक्षबाट बाहिरिन्छन् । अनिताले मनमनै अन्तिम विदाई गर्छे ।
डाक्टरले एनेस्थेसिया दिए लगत्तै आँखा मधुरो हुदै जान्छ, अनिताको । होस विस्तारै गुम्दै जान्छ, त्यतिखेर उनलाई लाग्छ, “म मृत्युशैयामा छु, म मेरो सन्तानलाई बचाएर मर्दैछु, भगवान म मरेपनि मेरो सन्तानलाई कुनै दुःख नपरोस है ?”
उनी बेहोस भएसंगै डाक्टरको टोलीले अप्रेशन सुरु गर्छन् । दुईघण्टा लामो प्रयास पछि छोरालाई सकुसल निकाल्छन् । नर्स दौडदै आएर बाहिर बस्नेहरुलाई छोरा सकुसल जन्मिएको जानकारी गराउँछिन् । अनिताको सासू निकै खुसी हुन्छिन् । “मेरो नाती जन्मियो, म खुसी भए, रोहित जा लड्डु ल्याईजो सबलाई बाड्नु पर्छ ।” रोहितलाई एउटै चिन्ता छ, अनितालाई के भयो ? के उनी जिउँदै छिन् ? उसको मनमा उठेको प्रश्नको कुनै जवाफ आउँदैन । रोहितको दिदी कल्पनाले डाक्टरका कुरा सबै आफन्तलाई भनिसकेकी हुन्छे । त्यसैले आफन्तहरुको पनि अस्पतालमा आगमन भईसकेको हुन्छ ।
आफन्तहरु बच्चालाई घर लगेपनि लाशलाई सिधै आर्यघाट लैजाने सल्लाह गर्छन् । रोहितको आमाले पनि यसमा मञ्जुरी दिन्छिन् । तर रोहित केही बोल्दैन । मानौ ऊ अर्धबेहोस भएको छ । त्यो जन्मिएको छोरा पनि के भाग्मानी होला र ? कयौ वर्षसम्म आमा टोक्वाको बचन खेपेर बाच्नु पर्ने होला, भोली रोहितले अर्को बिहे गरेपछि सौतेनी आमाले कति पीडा दिने होलिन्, यस्ता कुरा पनि आफन्तहरु बिच चल्छ । अधिकांश आफन्तहरु आर्यघाट जाने तयारीका साथ आएका हुन्छन् ।
अप्रेशन भएको चारघण्टा पछि अनिताको होस खुल्छ । डाक्टरको अथक प्रयासले अन्तत ः आमा, छोरा दुबैलाई बचाउँन सफल हुन्छन् । आईसियू कक्षमा रहेकी अनिताको पूर्ण रुपमा चारघण्टामा होस खुलेपछि आतिन्छे । “म बाँचे !, त्यसो भए के मेरो छोरा……।” अप्रेशनको दुखाई भन्दा ठूलो पीडा सन्तानको मायाले हुन्छ उनलाई । नजिकै बच्चा ”च्या…च्या“ गरेर रुन्छ । उनको हर्षका सिमा रहदैन । होस आएको देखेर डाक्टर, नर्स दुबै आउँछन्–“बधाई छ, तपाईलाई तपाईलाई पनि बचाउन सफल भयौ ।” उनले हात जोड्न खोज्छिन् । सल्यानपानीको पाईपका कारण उनको हात माथि उठ्दैन । डाक्टरले खुसी भएर उनको टाउँको मुसार्छन् । अनिताले सबै दुःख र पीडा विर्सिन्छन् ।
“तपाई मेरो भगवाण”–उनले सुखीको आँसु रोक्नै सक्दिनन् । छोराको आवाज र सकुशल मुहारले उनको सबै पीडा, दुखाई कम हुन्छ । नर्सले छोरालाई उचालेर उनीसंगै लगेर एकैछिन राखिदिन्छिन् । भावविव्हल भएर खुसी हुदै छोराको गालामा चुप्प म्वाई खान्छिन् । मृत्यु शैयाबाट फर्केर यसरी सन्तान र परिवारसंग पुर्नमिलन होला भन्ने उनले सोचेकी पनि थिईनन्, तर दुबै सकुशल भएपछि त्यो खुसीको सिमा नै रहेन । उनले आफ्नो छोरीलाईं र श्रीमान्लाई भेट्न ईच्छा जाहेर गर्छिन् । डाक्टरले एकैछिनका लागि भेट्ने अनुमति दिन्छन् ।
बाहिर रोहितका परिवार अनिताको शव कुरेर बसेका थिए । डाक्टरले शव निकाल्ने प्रक्रिया सुरु गर्नेछन् र आर्यघाट लैजाने योजना आफन्तले बनाईरहेका थिए । तर रोहितको मनमा उनी बाच्छिन् कि भन्ने झिनो आशा भने थियो । एकैछिनमा डाक्टर बाहिर निस्केर दुबैलाई बचाउन सफल भएको र अनिताको होस खुलेको जानकारी गराउँछन् । रोहित र छोरी रमिताको आँसु थामिन्छ । डाक्टरले दुबैलाई भेटेर फर्कन भन्छन् । रोहित र छोरी आईसियूमा आएको देखेर अनिताको खुसीको सिमा नै रहदैन । छोरी खुसी हुन्छे । रोहित पनि निकै खुसी हुन्छ । अनिताले छोरीको निधारमा म्वाई खान्छिन् र माया साट्छिन् । giriramesh24@gmail.com