निबन्धः छेपारोको कथा र मेरो श्रमिक दिवस

347
तस्विरः लेखिका जानु काम्बांग लिम्बू

-जानू काम्बाङ्ग लिम्बु

सबेरै उठी सम्पूर्ण नित्यकर्म सकी संधैं झैं बाटो लगियो । एक गिलास तातो पानी नियमित पिउने बानी परेकोले पिउँदा पिउंदै ढिलो भो । भित्ताको घडी हेर्न भूलेर हतार तलामुनी झरेकोले खुट्टामा जुत्ता घुसार्दै मोबाईल हेरें ७ बजिसकेको रहेछ । घर नजिकको बस स्टप पुग्न नभ्याउला भनेर घर पछिबाट कु–अपरेटिभ तिर दौडिए । लामो ड्युटी परेकोले दिनभरिको माना चामल बोकेर दौदिंड्दा झोला निक्कै गह्रौं भयो । दुई हातले झोला छातीमा नानिझै टाँसेर स्या…स्यांह गर्दै बल्लतल्ल बस स्टप पुगेँ, तर बस आईपुग्न ५ मिनट छ भनि ईन्पÞmर्मेसन बोर्डमा देखाईएको थियो, छक्क परें ! होइन मेरो नियमित बस छुटेकै हो त ? मन मनै बोल्छु भन्दै थिएँ आतिएर फुत्त आवाज बाहिरियो । ४ जना साना साना स्कूले केटाहरु मोबाईल खेलाउँदै बस पर्खि रहेका थिए । सबैले मलाई पालाक्क पुल्लुक्क हेरेपछि पो थाहा पाएँ आत्तिएर निस्केको मेरो आवाजको परिणाम ! लाज, लाज लाग्यो बेवास्ता गर्ने पल्टिएर गोजीबाट फोन झिकी उनीहरु संगै म पनि प्लस वान भएर फोन खेलाउन थालें ! अचेल फोन नै संसार, फोन नै साथि, के बिद्यार्थी, के मजदुर, के गृहिणी । हामीले फोन हेर्दा हेर्दै बस आईपुग्यो भित्र बस्ने सिटले पुग्दैन भन्दै ठेलमठेल गरेर होइन, पालै पालो ईमान्दारी ढंगले चढ्यौं हामी । जब बस चढेर बस पास बसको ठुतुनोमा सुन्घाउँदै गर्दा पो ड्राईभरले भन्यो, आज मे–डे हो सिटी सेन्टर जाने सडक बन्द छ माफ गर्नु होला ! बल्ल पल्टियो पढ्न बिर्सिएको किताबको पाना अचानक हावाहुरीले ह्वारह्वारती पल्टाए झैं गरि, अघिल्लो सालको मे डेमा पाएको दुख मनमा सररर ।

गत बर्ष, म सबेरै उठेर आज जस्तो ढिलो होइन छिट्टै पुगेकी थिएँ बस स्टप, तर मे डे भएर बाटोमा ट्राफिक र आज जस्तै सिटी सेन्टर तिर जाने रोड़ बन्द थियो । अक्सफोर्ड सिटी सेन्टर पुग्ने बेलाको ठुलो चर्चमा अक्सफोर्ड थर्काउने गरि घन्टी बज्दै थियो । चर्चको ठिक तल रहेको थेम्स नदीको पुलमा विद्यार्थीहरु धमाधम नदीतिर हाम्म फालिरहेका थिए । जताततै पुलिस र एम्बुलेन्स संग सुरक्क्षा ज्याकेट लगाएका रंगीचंगी मान्छेहरु दौड धुप गरिरहेका थिए । कति त चिसो पानीमा हाम्म फालेका कारण बिहोस भएर एम्बुलेन्स तिर हाल्दै जोन रेंक्लिफ हस्पिटलतिर कुदाई रहेका थिए । यो क्रम सदियौं देखि हरेक मे १ तारिक दोहोरिन्छ अक्सफोर्डमा यसको पनि पुरानो ईतिहास रहेको पाईन्छ । बेलायतको अक्सफोर्ड धेरै कलेज र युनिभर्सिटीहरुको सहर मानिन्छ, यहीबाट बिस्वको ठुल्ठुला बैज्ञानिकहरुले सिक्षा प्राप्त गरेका ईतिहास सबैलाई सर्ब बिदितै छ । अंग्रेजीको भाषाको उत्पति पनि यहीबाट भएको हो ।
विश्व विख्यात बैज्ञानिक स्टिफन हकिङ्गस पनि अक्सफोर्ड मै बस्थे । महात्मा गान्धीले सिक्षा यहीबाट प्राप्त गरेका थिए । यहाँ हरेक बर्ष विश्वका बिभिन्न देसबाट बिध्यार्थिहरु पढ़्न आउँछन् । धेरै धनि देशका ठुल्ठुला मान्छेका छोरा छोरीहरु बस्ने र अध्यायन गर्ने भएकोले सर्बसाधारण का लागि निक्कै महँगो सिटी मानिन्छ । भन्नुको मतलब घर भाडा देखि लिएर खान बस्न हरेक महँगो छ ।

यसरीनै हरेक साल काउली रोड़ र सिटि सेन्टर जोड्ने सडकको मुख्य पुलबाट बिद्यार्थीहरु हाम्म फालेर खुशियाली मनाउने गर्छन् । अक्सफोर्ड मा मनाईने एक पुरानो चाड नै हो यो मे डे । पुरानो भनाई अनुसार, अक्सफोर्ड को यूनिभर्सिटीहरु बाट परिक्क्षा उत्रिन गरेपछि औधी खुशी भएर यसरि खोलामै हामफालेर खुशियाली मनाउन सुरु गरेको कुरो ईतिहासमा उल्लेख छ । म जसै पहिलो बस छुटेर ढिलो भैसकेको थिएँ । फेरि सडक बन्दले २ स्टप वरैबाट हिड्नु पर्दाको दुख र समयमा ड्युटी पुग्न नसक्नुको चिन्ता अघिल्लो साँझ खानासँग आँशु आँशु हुँदै खाएको पिरो अनि मिठो अकबरे खोर्सा्निको अचारले मुख हुँदै ओठ भतभत्ति पोले झैँ मन पोल्न थालेको थियो । म ओर्लिएको बस स्टप लास्ट बस स्टप थियो त्यो दिन बिहानको म संग संगै बसमा रहेका थरिथरिका रंगीचंगी मान्छे सबै ओर्लिएर दौडन थाले आ(आफ्नो गन्तप्य पछ्याउँदै । साँच्ची नै बेलायतमा बसोबास गर्ने मान्छेहरु रंगीचंगी नै देखिन्छ्न । रितिथिति फरक, भेष भुषा फरक, छालाको रंग फरक, भाषा फरक, खालि लटर पटर बोलिने अंग्रेजी भाषा मात्र मिल्छ, त्यसको पनि प्रोनौन्सेस साउण्ड त फरक नै सुनिन्छ, नेपालमा डमरु बजाउंदै बरफ बेच्ने भैया र खालि बोतल बटुल्ने छिमेकी दाईले जबर्जस्ती नेपाली बोले जस्तो । कसैले छी ….यो भैया त कति कालो हो भन्दा पनि ! दिदी ! काला त काला हुँ पर, दिलवाला हुँ न भन्दै जमेको पानीमा चिनी घोलेर एकैछिनमा टन्नै पैसा कमाएर हिड्ने ति भैयाहरुले बोल्ने नेपाली र हामीले बोल्ने अंग्रेजीमा के नै फरक छ र ?

घरबाट आएको बस छाडेर हस्पिटल जाने बस चढ्नु पथ्यो तर, त्यो बस बाटोको कारण निक्कै ढिलो आयो । अघिल्लो बर्षको एकान्द्रो मेटाउन्दै थियो म संग मस्त समयले दोहोरिएर ्र मैले गएको बर्ष पनि उही कुरो सोचेकी थिएँ जुन कुरो त्यो दिन सोचिरहेकी थिएँ । फरक यति थियो गएको बर्ष बस स्टपमा मसिनो बिद्यार्थी होइनन् म जस्तै कामकाजी ड्युटी हिडेका मान्छेहरु भेटेकी थिएँ हुँला, अब गर्छु, गरि हाल्छु भनेर सम्झेको कुरो छिनमै बिर्सेने छेप्पारो जस्तो भूलकड़ मान्छेले, को को भेटियो भनेर के याद राख्नु ? आफैले पाएको दुख त बिर्सेर यत्रो टाढा १ बर्ष पछि सम्झिँदो रहेछु त्यो नि मे डेले गर्दा आ–जोसुकै भेटियोस मतलब भएन, तर अर्को बर्ष चाँही मे डे याद गरेर उतैबाट टेक्सीमा जानु पर्यो ड्युटी ।
हुन त यो कुरो हरेक मे डेमा दोहोरिएकै छ म भित्र लागू नभएपनि ! भोलि त म पनि ठुलो तीनतले घर बनाउँछु साला ! आज यो पानीले सारै पो भिजायो है भन्छ रे छेप्पारोले पानी परेको दिन । फेरि पानी रहेर भोलि पल्ट घाम लाग्दा ठुलो ढुंगा माथि उतानो पल्टिएर घाम ताप्दा ताप्दै भुलिहाल्छ रे  अनि साँझमा फेरि पानी परेर भिज्दा आफैलाई थुक्क भूलकड़ भनेर थुक्दै रिसले निधार ठोकेर रातै बनाउछ रे, तेसैले त छेप्पारोको टाउको रातो हुन्छ रे भन्दै सानोमा बोजुले सुनाएको यो कथा मेरो पनि जिवनमा लागू भएको छ अचेल । समय अभाबले भोलि गर्छु, पर्सि गर्छु भन्दै राखेका कयौं काम बाँकी छन् । कहिले कहिँ त लाग्छ कति अधुरो कामहरु पुरा नभई मरिने पो हो कि ! –ताप्लेजुङ्ग/ हालः अक्सफोर्ड बेलायत