भ्रष्टहरूलाई जेल हालिन्छ

165

फागुन १८,
नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले विकास निर्माण र सुशासनमा मुख्य रुपमा ध्यान केन्द्रीत गर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा शहीद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले जनताको चाहना विकास भएपनि विकासका लागि सुशासनको अनिवार्यता रहेको बताए। अहिले जनताले स्थायित्व र विकास खोजेका छनु, प्रचण्डले भने, तर यसका लागि सुशासन नभइ हुँदैन। न्यायालयदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी विकास र सुशासन सम्भव हुँदैन। कम्युनिष्टहरूको पक्षमा झण्डै दुई तिहाई जनमत आएको बेला बनेको सरकारका अगाडि देश विकासबाहेक अन्य कुनै कुरा प्राथमिकतामा नभएको बताउँदै प्रचण्डले त्यसका लागि भ्रष्टाचारीहरूलाई जेल हाल्नुपर्ने बताए। उनले भने,ुअहिले न्यायालयदेखि, कर्मचारीतन्त्र र सुरक्षा सन्यन्त्रमा पनि बेथिती छ भन्ने सुनिन्छ। दुवै पार्टीको नेतृत्व तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौँ।ु